७ वैशाख २०८१ शुक्रबार
अर्थ

धरानको बजेट १ अर्ब ६८ करोड, अघिल्लाे वर्षभन्दा करिब ३५ करोड कम

धरानको ११ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख अइन्द्रबिक्रम बेघा। तस्बिर: रोहित/नागरिक

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट ल्याएको छ। शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी वर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

यो अंक चालु आर्थिक वर्ष २०७८/८९ को भन्दा करिब ३५ करोड कम हो। चालु आर्थिक वर्षमा धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख रहेको थियो। चालु बर्षमा महत्वकांक्षी बजेट ल्याएको धरानले आगामी वर्षको बजेट यथार्थपरक ल्याउन घटाएको जनाएको छ। चाुल वर्षमा आयतर्फ आन्तरिक स्रोतबाट ७० करोड बढी प्राप्त हुने अनुमान गरेकोमा जेठ मसान्तसम्म मात्र ३७ करोड ५४ लाख ७५ हजार २ सय २१ रुपैयाँ प्राप्त भएको छ।

यसैगरि, चालु वर्षमा व्ययतर्फ १ अर्ब ८ करोड ८९ लाख ३३ हजार ६ सय मात्र यथार्थ खर्च भएको छ। यो लक्ष्यको ५२.९० प्रतिशत मात्र बित्तिय प्रगति हो। यस्तै, चालुतर्फ ६२.९० प्रतिशत, पूजीगततर्फ ४३.२० प्रतिशत र बित्तिय व्यवस्थातर्फ ४९.२४ प्रतिशत मात्र बित्तिय प्रगति चालु बर्षमा भएको छ।

धरानको आगामी आर्थिक आर्थिक बर्षमा कुल विनियोजन मध्ये चालुतपर्ल ८३ करोड ३७ लाख ७२ हजाजर ४ सय २२ रुपैयाँ विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए। यो कुल बजेटको ४९.४६ प्रतिशत हो। यस्तै, पूजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४८.६१ प्रतिशत हो भने वित्तिय व्यवस्थातर्फ ३ करोड २५ लाख विनियोजन गरिएको छ। यो १.९३ प्रतिशत हो।  

उपप्रमुख बेघाले आगामी बर्ष खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अुदान ५ करोड २० लाख, संघीय सरकार अनुदानबाट ८३ करोड ४ लाख, प्रदेश सरकार अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरेका छन्।  

यसैगरि, बजेटले खानेपानी, पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बजेटले धरानको आर्थिक समृद्धि र नगरबासीको समुन्नती एवं सुखको लागि दीगो र उच्च प्रतिफल दिने आयोजनाहरु पहिचान गरी प्रभावकारी कार्यान्वया मार्फत आधुनिक शिक्षा, स्वास्थ्य र पुर्वाधार सुविधा सम्पन्न बहुँसाँस्कृतिक सहरको पहिचान कायम गर्ने उद्देश्य लिएको पनि उपप्रमुख बेघाले जानकारी दिए।  

बजेटमा २० वटै वडाको लागि कुल ३१ करोड ५० लाख विनियोजन गरिएको छ भने शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख, स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख विनियोजन गरिएको छ। पर्यटनतर्फ ३० लाख, सुचना तथा सञ्चारतर्फ २५ लाख, साहित्या कला र सँस्कृतितर्फ ४५ लाख विनियोजन गरिएको उपप्रमुख बेघाले जानकारी दिए।

नगर प्रमुख सहायकता कोष

धरानमा आगामी बर्ष नगर प्रमुख सहायता कोष निर्माण गरेर अति विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरी सिपमुलक शिक्षा दिने नीति अवलम्बन गर्ने भएको छ। शुक्रबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा धरान १३ स्थित सत्यसाई स्कुलसँग भएको सम्झौता अनुसार साइन्स पार्क पनि निर्माण कार्य अघि बढाइने उल्लेख छ।  

यस्तै, युवा उद्यमशिलता विकास कार्यक्रममार्फत युवाहरुलाई विदेश हैन बिजनेश भन्ने भावना जागृत गराएर स्वरोजगारउन्मुख गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। नगर प्रमुखबाट निःशुल्क विमा कार्यक्रम अन्तर्गत वडा नं ४ र २० का सम्पुर्ण जनतालाई निःशुल्क स्वास्थ्य विमा पनि गरिने भएको छ।

प्रकाशित: १० असार २०७९ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App