६ वैशाख २०८१ बिहीबार
अर्थ

‘इ-कमर्समार्फत स्वदेशी वस्तुको प्रवर्द्धन’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्द्धन र बजारीकरण गराउनुपर्ने बताएका छन्। 

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बडुले सरकारले इकमर्सलाई प्रोत्साहन गर्दै जाने बताए। ‘यो क्षेत्रका लागि नयाँ अभ्यास हो। तपाईहरुको यो प्रयासमा सरकारको साथ रहिरहनेछ,’  मन्त्रि बडुले भने। उनले भने, ‘स्वदेशी उत्पादन इकमर्सको मार्फत विश्वव्यापीकरण गर्नुपर्ने बेला भएको छ।’

मन्त्री बडुले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको दावी गरे। ‘आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएर अघि बढेको छ।’ उनले भने।  

मन्त्री बडुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको  बताए। ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो। त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन्। यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन्,’ उनले भने ‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ।’

लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाइएको बताए।नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए।

‘हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन। फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन् ,’उनले भने। उनले विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको बताए।  

‘महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको हो।’ उनले भने।

महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रर्दशनी र इकमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगहरु स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्षमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए।

गाउँघर र दूरदराजमा रहेका उत्पादनलाई बजार प्रविधि पु¥याउन डिजीटल प्रविधि प्रयोग गर्ने सन्दर्भमा भर्चुअल प्रर्दशनी र इकमर्श साईटको प्राविधिक कार्य शुरु गरिएको जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। इकमर्श साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ। इकमर्श साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिद बिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: ९ असार २०७९ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App