१६ चैत्र २०८० शुक्रबार
अर्थ

प्रज्ञा-प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति मन्त्री आलेकाे आपत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उनले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गरे।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, साहित्य र संस्कृतिसँग जोडिएको विभिन्न प्रतिष्ठानलाई बजेटलाई गतवर्ष तुलना यसपालिको बजेट उपेक्षा गरिएको छ। यसै प्रज्ञा प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गरिएको छ। तथापि बजेटको सिलिङमा अर्थ मन्त्रालयले घटाएर पठाएको छ। थप कृति र रचनाको प्रकाशनको निमित्त थप बजेट आवश्यक रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई म जानकारी गराउन चाहन्छु।’

मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गरे।

प्रकाशित: ९ असार २०७९ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App