सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाए पछि बुधबार फेरि नेप्से परिसूचक ओरालो लागेको छ।
यो साताका सुरुका दुई दिनमा ८६ बिन्दुले गिरावट आएको नेप्से परिसूचकमा मंगलबार ३९ बिन्दुले सुधार आएको थियो। बुधबार फेरि ३१ बिन्दुले नेप्से घटेको हो। साताका चार दिनमा नेप्से ७८ बिन्दुले घट्न पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ३१.२१ बिन्दुले घटेर नेप्से परिसूचक १८९३.५३ बिन्दुमा झरेको छ। बुधबार १.६२ प्रतिशतले कारोबारमा गिरावट आएको हो।
एक्सचेञ्जका अनुसार बुधबार १९२४ बिन्दुबाट कारोबार सुरु भएको थियो। दिनभरको कारोबारमा अधिकांश समय नेप्सेमा गिरावट आएको थियो। दिनभरको कारोबारमा नेप्से अधिकतम १९२६ सम्म र न्यूनतम १८९१ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा भने नेप्से १८९३ बिन्दुमा रोकिएको हो।
एक्सचेञ्जका अनुसार बुधबार नेप्सेबाहेक तीन प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ५ र फ्लोट एंव सेन्सेटिभ फ्लोट २ प्रतिशत भन्दा धेरै बिन्दुले घटेका छन्।
सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबारमा गिरावट आएको छ। यी उपसूचक मध्ये सबैभन्दा धेरै बिन्दुले निर्जीवन र जीवन बिमा घटेका छन्। निर्जीवन १५५ र जीवन १३२ बिन्दुले घटेका हुन्।
यस्तै विकास बैंक, उत्पादन तथा प्रशोधन र जलविद्युत् उपसूचक ५० बिन्दु भन्दा बढीले घटेका छन्। फाइनान्स, अन्य, लघुवित्त लगायत पनि धेरै बिन्दुले घटेका छन्। कारोबारमा सबैभन्दा कम बिन्दुले गिरावट आउनेमा सामूहिक लगानी कोष परेको छ भने बैंकिङ उपसमूह १६ बिन्दुले घटेको छ।
एक्सचेञ्जका अनुसार बुधबारको कारोबारमा १९ वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने १७३ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै २ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ। ग्लोवल आइएमई समुन्नत र आँधिखोला लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको हो।
यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा युनाइटेड आइडीआई मार्दी परेको छ। यसको सेयर मूल्य ६.४८ प्रतिशतले घटेको हो। यस्तै ६ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ।
एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै कारोबार नेपाल नविल बैंकको भएको छ। यसको ३ करोड ३९ लाख ६६ हजार रूपैयाँको कारोबार भएको हो। यस्तै नेपाल बैंकको २ करोड ६७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एनसीसी बैंकको भएको छ। यसका १ लाख १९ हजार ६ सय ९० कित्ता सेयर बिक्री भएका हुन्। सिटिजन म्युचुअल फण्डको पनि १ लाख १९ हजार कित्ता सेयर बिक्री भएका छन्।
एक्सचेञ्जका अनुसार बुधबार २२९ कम्पनीका ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ८४ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २६ खर्ब ९९ अर्ब रूपैयाँमा आएको छ।
प्रकाशित: ९ असार २०७९ १०:१० बिहीबार