४ वैशाख २०८१ मंगलबार
अर्थ

मुक्तिनाथको सहयोग

मुक्तिनाथ विकास बैंकले धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ५० हजार रूपैयाँ सहयोग गरेको हो।

 बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, विजय तामाङ र सुदीप श्रेष्ठले संयुक्त रूपमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक डिलनारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए। बैंकले विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद वा अन्य कुनै प्रयोजनका लागि आर्थिक सहयोग गरेको जनाएको छ। 

प्रकाशित: १ असार २०७९ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App