coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह

काठमाडौं विश्व विद्यालयले २७ औं दीक्षान्त समारोहको (दोस्रो चरण) जेठ २० गते गर्ने भएको छ। दीक्षान्त समारोहजेठ २० गते विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न हुने भएको छ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले गर्ने भएका छन्। यसैगरी समारोहको प्रमुख आतिथ्यता आइआइटी हैदराबादका निर्देशक प्रा डा बी एस मूर्तिले गर्नेछन्।

यस्तै कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति श्री देवेन्द्र पौडेलको पनि उपस्थिति रहने भएको छ। साथै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सहभागीहरूलाई स्वागत गर्ने जनाइएको छ।

कार्यक्रममा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका १,६५८ जना विद्यार्थी दीक्षित हुनेछन्। तीमध्ये आर्ट्सका ३२ जना, एजुकेसनका १०० जना, इञ्जिनियरिङका ३५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९९३ जना र साइन्सका २१९ जना रहने जानकारी विश्वविद्यालयद्वारा जारी विज्ञप्ति मार्फत दिइएको छ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८० जना) रहनेछ। दीक्षित हुने विदेशी विद्यार्थीहरू भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १५७ जना रहनेछन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App