५ वैशाख २०८१ बुधबार
अर्थ

एनआईसीको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

एनआईसी एसिया बैंकको हालै बसेको सञ्चालक समितिको बैंठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत राठीलाई साउन १ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय भएको हो।

२०६४ मंसिर १९ मा तत्कालीन बैैंक अफ एसियाको विराटनगर शाखा प्रबन्धकबाट बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरूको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

राठीसँग बैंकका सबै क्षेत्रमा काम गरेको लामो अनुभव छ। यस्तै उनीसँग नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको कार्यअनुभव छ।

प्रकाशित: ११ जेष्ठ २०७९ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App