१५ चैत्र २०८० बिहीबार
अर्थ

अचाक्ली बढ्यो इन्धन मूल्य

नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ ।

ग्यासको मूल्य सिलिन्डरमा १ हजार ६ सय रूपैयाँबाट बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याइएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ १८ पैसा घाटा बेहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रतिसिलिन्डर २ हजार ६ सय ५० रूपैयाँ १८ पैसा छ। मूल्य बढाउँदा पनि निगमलाई ग्यास सिलिन्डरमा अझै ८ सय ७९ रूपैयाँ ७५ पैसा घाटा छ ।

त्यसैगरी पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रूपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रूपैयाँ पुगेको छ। भाउ बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६४ पैसा र डिजेलमा २६ रूपैयाँ ८२ पैसा घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए। मूल्यवृद्धि गर्दा पनि १५ दिनमा ३ अर्ब ३५ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App