७ वैशाख २०८१ शुक्रबार
अर्थ

पेट्रोलबाट चल्नेलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नु पर्ने

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पेट्रोलियम पदार्थको आयातले मुलुकमा व्यापार घाटा अत्यधिक बढाएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने बताएकी छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युएन इस्क्यापले आयोजना गरेको ‘सार्वजनिक यातायातको विद्युतीकरण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले पेट्रोलियम पदार्थको आयातले मुलुकमा डरलाग्दो व्यापार घाटा भएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको इन्जिनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने बताइन्।

‘अहिले पेट्रोलियम पदार्थको आयातले मुलुकको व्यापारघाटा डरलाग्दो अवस्थामा छ’, उनले भने– ‘सरकारले इन्धनबाट चल्ने सवारीसाधनलाई आवश्यक छुट र सहुलियत दिएर भए पनि विद्युतीकरण गर्न प्रोत्साहन गर्नुपर्ने बेला भएको छ।’ मन्त्री झाँक्रीले भनिन्– ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने खालको कानुन निर्माण गर्न सघाउनेछ ।’ मन्त्री झाँक्रीले नीतिगत रूपमा डिर्पाचर हुने गरी नै विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने बताइन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयले यातायात व्यवस्थापन प्रणालीलाई सुधार्ने गरी काम गरिरहेको बताइन्। ‘मन्त्रालयले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने खालको नीति अघि सार्दै आइरहेको छ’, उनले भनिन– ‘अहिलेसम्म कुल दर्ता भएका मध्ये दुई प्रतिशत सवारीसाधन विद्युतीय सवारीसाधन रहेका छन्। सरकारले सार्वजनिक यातायातलाई पनि विद्युतीय बनाउन अविलम्व काम गर्दै आइरहेको छ।’

सरकारले सन् २०३० अर्थात् ८ वर्षभित्र दुई पाङ्ग्रे निजी सवारी साधनसहित ९० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने लक्ष्य राखेको छ। त्यति मात्रै होइन्, सार्वजनिक सवारीसाधन पनि ६० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने घोषणा गरेको छ। यसका साथै सन् २०३० भित्र २ सय किलोमिटर विद्युतीय रेल नेटवर्क निर्माण गर्ने लक्ष्य पनि राखिएको छ।

युएन इस्क्यापका ट्रान्सपोर्ट रिसर्च एण्ड पोलिसी सेक्सनका प्रमुख मदनबन्धु रेग्मीले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक यातायातलाई विद्युतीकरण गर्दा आवश्यक सहुलियत र छुट उपलब्ध गराउनुपर्ने बताए। ‘सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न प्रोत्साहन गर्ने खालको नीति अघि सार्नुपर्ने हुन्छ’, उनले भने– ‘विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको विकल्प छैन।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल अब विद्युतीय सवारी साधनमा नगई सुखै नभएको बताए। ‘छिमेकी मुलुकमा विद्युतीय सवारी साधनतर्फ आकर्षण बढ्दै गइरहेको छ।

त्यसैले पनि नेपाल चाहेर वा नचाहेर पनि विद्युतीय गाडीमा जानुको विकल्प छैन।’ मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेपालमा विद्युतीय सवारीसाधनको मुविलिटी पछिल्लो समय ह्वातै वृद्धि भएको बताए। ‘अहिले सर्वसाधारणको पनि विद्युतीय सवारी साधनतर्फ आकर्षण बढेको छ’– उनले भने।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App