७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘गुफी’ द्वारा सगरमाथाको सफल आरोहण

रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले यही जेठ १ गते बिहान ७–८ बजे सगरमाथाको सफल आरोहण गरेको नागरिकलाई जानकारी गराए। उनले विभिन्न मुलुकका १० जना पदयात्रीसँग चैत्र २७ आइतबार आरोहण शुरु गरेका थिए।

८ हजार ८ सय ४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा भन्ने अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रालिले कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाइले श्रेष्ठलाई रोयल इनफिल्डको झण्डा प्रदान गरेका थिए। विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि अधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर बिक्री अनुमति पाएको छ।  

प्रकाशित: ५ जेष्ठ २०७९ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App