८ वैशाख २०८१ शनिबार
अर्थ

सम्पदा संरक्षणको लागि सम्झाैता

नेपाल सम्पदा संघ र एनएमबी बैंकबीच सम्पदा संरक्षण प्रवर्द्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ। द्वारिका होटलमा भएको कार्यक्रममा सम्पदा संघको अध्यक्ष अम्बिका श्रेष्ठ र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्पदा संघले विगत ४० वर्षदेखि सम्पदा संरक्षण एवम्  प्रवर्द्धन गर्दै आइरहेको छ। अहिलेसम्म कुनै पनि वित्तीय संस्थासँग सहकार्य नगरेको भए पनि पहिलो पटक एनएमबी बैंकसँग सहकार्य गरेको संघका अध्यक्ष अम्बिका श्रेष्ठले बताइन्। उनले यो सम्झौता सम्पदा संरक्षणका लागि ऐतिहासिक कदम भएको बताइन्।

सम्पदाको मात्र नभएर संस्कृति तथा कलाको संरक्षण गर्न पनि सहकार्य आवश्यक रहेको बताउँदै संघका अध्यक्ष श्रेष्ठले यो सम्झैताले आगामी दिनमा सम्पदा संरक्षण प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू बैंकसँग सहकार्य गरी तय गर्ने जनाए। अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष विश्व सम्पदा दिवस र विश्व पर्यटन दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको थियो यसपटकदेखि भने विश्व वातावरण दिवसलाई समेत समेटने बताइन्। उनले सम्पदासँग संस्कृति, कला, धरोहर, बाजागाजा, चाडपर्व मात्र नभएर वातावरण पनि उत्तिकै महत्वपूर्ण भएको जनाउदै आगामी योजनाहरूमा एक्लै काम गर्न चुनौती रहेका बताइन्। उनले भनिन्– ‘स्वच्छ, सांस्कृतिक र पर्यावरणीय मुलुकका लागि सहकार्य आजको आवश्यकता हो।’

सम्पदा संघले स्थापनाकालदेखि नै प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको संघका महासचिव धर्मराज शाक्यले नागरिकलाई बताए। उनले यही वैशाख५ गते सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र  प्रवर्द्धन एवम् जनचेतना अभिवृद्धि गर्न संघले सम्पदा र्‍याली आयोजना गरेको जानकारी दिए। सम्पदा र जलवायु भन्ने नाराका साथ बबरमहलबाट सुरु भएको उक्त र्‍याली बसन्तपुर डबलीमा अन्त्य भएको समेत उनले बताए।

महासचिव शाक्यका अनुसार काठमाडौं र बाहिरको जात्रापर्व, बाजागाजा, सिपमूलक कलाकृतिलाई  प्रवर्द्धन गर्न संघले अगामी दिनमा एनएमबी बैंकसहित विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए। संघले सम्पदा संरक्षणका लागि जीवन समर्पण गरेका व्यक्तित्वलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिँदै आएको यस वर्ष निपुण क्रोध मूर्तिकार कालु कुमालेलाई सो अवार्डले सम्मान गरेको उनले जनाए।

हरेका बर्ष विश्व सम्पदा दिवसको उपलक्ष्यमा सम्पदा नामक स्मारिका संघले प्रकाशन गर्दै आईरहेको छ भने संघले सम्पदा र्‍याली प्रत्येका बर्ष गर्दै आईरहको छ। 

प्रकाशित: ४ जेष्ठ २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App