coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई अर्ब लागतमा स्टिल उद्योग सञ्चालन

कैलालीको जानकी गाउँपालिका–८ पहाडीपुरमा झण्डै दुई अर्बको लागतमा स्टिल उद्योग सञ्चालनमा आएको छ।

युवा व्यवसायी टीकाराम जैशीले उद्योग सञ्चालनमा ल्याएका हुन्। जैशीका अनुसार १ अर्ब ७० करोड रुपैयाँ लगानी भएको उद्योगबाट ग्याबियन तार, बाब्रड तार, टोरकारी, किलाकाँटा लगायतका वस्तुहरु उत्पादन हुनेछन्।

उनले उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा प्रतिदिन १ शय ५० टन उत्पादन हुने बताए। यो उद्योगले करिव पाँच सयलाई प्रत्यक्ष रोजगारी दिने जैशीले जानकारी दिए। उद्योगले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा कारोवार गर्ने लक्ष्य राखेको छ।

जैशीका अनुसार फलामजन्य सामग्री उत्पादन गर्ने यो उद्योग सुदूरपश्चिममै ठूलो लगानीको पहिलो उद्योग हो। ‘आफ्नो क्षेत्रबाटै अन्य प्रदेशमा कारोबार गर्न सकिने सम्भावना देखेपछि उद्योग सञ्चालनमा ल्याएका छौं’ उनले भने ‘आगामी दिनमा समेत फलामजन्य उत्पादनमा वृद्धि गर्दै जाने योजना छ।’

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशको चिसापानी-कुइने सडक सञ्चालन तथा कर्णाली नदीको कुइनेमा पक्की पुल निर्माण सम्पन्न भएसँगै यस क्षेत्रमा औद्योगिक वातावरण बन्दै गएको बताए।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App