coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जेठ १ गतेबाट बुद्ध एयरले राति पनि उडान गर्ने

आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ। तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको हो बुद्ध एयरले जनाएकाे छ। उडान राति ८ बजेदेखि हुनेछ।

रात्रिकालीन उडान दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि निकै आकर्षक हुने बुद्धले जनाएको छ। बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।  

कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको बताएको छ।  यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ।

बुद्ध एयरले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App