७ वैशाख २०८१ शुक्रबार
अर्थ

होण्डाको आकर्षक उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले यस उपहार योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्रयाच कुपन मार्फत १ लाखसम्मको क्यास ब्याक प्राप्त गर्ने कम्पनीले बताएको छ।

योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरी सातै प्रदेशबाट सातजना ग्राहकहरूले लक्की ड्र मार्फत सामसुङ ए ५० मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै, लक्की ड्र मार्फत एक जना ग्राहकले ७ लाख नगद उपहार पाउनेछ।

यो योजना गत वैशाख २५ देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागु हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: २९ वैशाख २०७९ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App