१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घट्दै सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार तोकिएको छ। सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रूपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रूपैयाँले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App