१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार सुचारु

काठमाडौं- विद्युत आपूर्ति बन्द भएपछि ठप्प बनेको सेयर बजार सुरु भएको छ। १२ बजेदेखि सुरु हुनुपर्ने कारोबार विद्युत आपूर्तिले ठप्प बनेको थियो। कारोबार बेलुका ६ बजेसम्म हुने नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताए।

विगत केही दिनदेखि बढ्दै गएको बजारमा नेप्सेको वेवसाइटमा भार बढ्न थालेपछि यसमा पनि बेला बेलामा समस्या अाउने गरेकाे छ। नेप्सेमा कारेबार रोकिएपछि लगानीकर्ताहरु आक्रोशित बनेका थिए।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले फेसबुकमा स्टाटसमा लेख्दै भनेका छन, 'नेप्सेको लाज मर्दो कारणले आज छ घण्टासम्म सेयर कारोबार हुन सकेको छैन। यो कुराले के प्रमाणित गर्छ भने सरकारले पूँजी बजारको मर्म र महत्व बुझेको छैन।'

प्रकाशित: १७ श्रावण २०७२ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App