१६ चैत्र २०८० शुक्रबार
अर्थ

‘ग्यालेक्सी ए २३’ को मूल्य घट्यो

नयाँ वर्षको उपलक्ष्यमा सामसङ्ग ‘ग्यालेक्सी ए २३’ को मूल्य घटाइएको छ। सामसङ्ग ‘ग्यालेक्सी ए २३’ औपचारिक रुपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको हो।

‘ग्यालेक्सी ए २३’ ६ जीबी र १२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब २९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। ‘ग्यालेक्सी ए २३’ ४ जीबी र ६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ। सामसङ्ग जीबी स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्‍याममा उपलब्ध छ।

यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडि कार्डको सहायताले १ टि बीसम्म बढाउन सकिन्छ। यो फोनमा एन्ड्रोइड १२ र वान् यूआई ४.१ छ। यो सामसङ्ग ‘ग्यालेक्सी ए २३’ मा ६.६ इन्चको एफएचडि प्लस स्क्रीन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ।

क्यामराको रुपमा ‘ग्यालेक्सी ए २३’ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ।

मोबाइलको मुख्य क्यामरामा ओ आइ एस जडित छ। ओ आइ एस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङ्गको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रष्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ। यसले गर्दा फोटो खिच्दा कम्पन भएपनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ।

यो फोनमा पाँच हजार एमएएच को ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुन सक्ने क्षमता छ र यसको बक्समा १५ वाटको एडप्टर रहेको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App