७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिरहामा एनएमबिको ११औं विस्तारित काउन्टर

एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई लक्षित गरेर सिरहा नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ।

उक्त सेवाको सुगर मिल्सका महाप्रबन्धकद्वय अवधकिशोर यादव र बैंकका मधेस प्रदेश प्रमुख कमल पोखरेल लगायतको उपस्थितिमा उक्त शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ।

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकले उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App