८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल फाईभ पी प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स् प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धी नेपाल फाईभ पी प्रदर्शनी हुने भएको छ।

चैत १७ देखि २० गतेसम्म चितवन एक्स्पो सेन्टर, दूर सञ्चार रोड, भरतपुर चितवनमा आयोजना हुने यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय २० भन्दा बढी कम्पनीको स्टल रहने आयोजकले जनाएको छ।

प्रदर्शनी पाँच विधाका व्यापारीलाई एकै ठाउँमा एकत्रित गरी व्यावसायिक साझेदारी, नवीनतम प्रविधि प्रर्दशन र संवाद गर्ने साझा मञ्च हुने विश्वास आयोजकको छ। प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेशिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिबकक, इण्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, सिलाइ मेसिनरी उत्पादक, प्याकेजिङ मेसिनरी, र्‍याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकको सहभागिता रहने छ। 

प्रकाशित: १४ चैत्र २०७८ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App