१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल इन्जिनियर्स एशोसिएसन निर्वाचन: राजनीतिक दल निकटका पाँच गठबन्धन प्यानलसहित प्रतिस्पर्धामा

नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं केन्द्रीय कार्यकारणी समितिको निर्वाचनमा राजनीतिक दल निकटका पाँचवटा गठबन्धनले छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबारदेखि हुन लागेको निर्वाचनमा मुख्य राजनीतिक दल निकाटका इन्जिनियर्स संठगनले प्यानलसहित चुनावी महोलमा प्रतिस्र्धा गर्न लागेका हुन।  

एमाले निकट बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनकोतर्फबाट सुरज लामिछानेको अध्यक्षतामा चुनावमा प्यानलसहित प्रतिस्र्धामा उत्रिने भएको छ। बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनका उम्मेदवारले राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन। बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनको तर्फबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा भेषराज थापा, उपमहासचिवमा शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह, सहकोषाध्यक्षमा अर्जुन पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।

त्यसैगरी सदस्यहरुमा मनोज लुईँटेल, लक्ष्मीनारायण चौधरी, अनिनाश अमर, शोभा थापा,सुरज गौतम,तिलक लामिछाने, प्रवेश पौडेल,विवश राज आचार्य,चन्द्र राना,सौरभ कार्की, हरि बराल र अशोक पौडेल रहेका छन्। आगामी फागुन २७ गतेदेखि हुन गइरहेका निर्वाचनमा राजनीतिक दल निकट पाँचवटा छुट्टाछुट्टै गठबन्धन चुनावमा प्रतिस्र्धा गर्दैछन्।

एशोसिएसनमा करिव २२ हजार मतदाता रहेका छन्।  केन्द्रीय कार्यकारिणी समितिमा १८ सदस्य पदाधिकारी, प्रदेशमा १६ जना गरेर कुल ११२ जना  गरी कुल १३० पदाधिकारी निर्वाचित हुनेछन्। नेपाली कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर्स समूह पनि  चुनावी मैदानमा उत्रिदैछ। लोकतान्त्रिक इन्जिनियर्स समूहको तर्फबाट दिलिपकुमार झाको अध्यक्षतामा प्यानलसहित चुनावमा प्रतिस्पर्धा गर्दैछन्। 

उपाध्यक्षमा ऋषि कोइराला र महासचिवमा कृष्णसिंह बस्नेतले पनि उम्मेदवारी दिने भएका छन्। त्यसै गरी उपमहासचिव सुधीर गुरागाई, कोषाध्यक्षमा रमिता श्रेष्ठ  र सह कोषाध्यक्षमा सञ्जयकुमार महतो रहेका छन्। सदस्यहरुमा ढुण्डीराज दाहाल,भरत मण्डल, पराग कायस्थ, अन्जनि कुमार देवजु श्रेष्ठ, बज्रमान सिंह थापा, सुभाष जोशी, लैला श्रेष्ठ नविन तिवारी,प्रजन हाडा, रामाशंकर जयसवाल र लक्षमण मण्डल रहेका छन्।  

नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीपार्टीको तर्फबाट एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी निकटको एकीकृत प्रगतिशील इन्जिनियर समूहको नेतृत्व गर्दै हरिराम पराजुलीले पनि प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। 

उपाध्यक्षमा न्हसला मानन्धर, महासचिवमा शंकर ढकाल, उपमहासचिवमा समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदावी घोषणा गरेका छन्। त्यसैगरी सदस्यमा संजीवनाराण यादव, विकास महर्जन,रामु श्रेष्ठ,कुलभुषण लेखर शर्मा,विशाल अधिकारी, सुजित दाहाल, अशोक विष्ट, रिजन गजुरेल, दिनबिनोद खड्का,कृपानन्द यादव,रविराज आचार्य,हरिशंकरप्रसाद शाह रहेका छन्। 

त्यसैगरी नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर्स सोसाइटी नेपालका तर्फबाट राजेन्द्रप्रसाद हाडाको नेतृत्वको प्यानलसहित चुनावमा प्रतिस्र्धा गर्दैछन्। यो प्यानलबाट उपाध्यक्षमा सबिन महर्जन, महासचिवमा रूपेश प्रजापति, उपमहासचिवमा सुनीता दुवाल, कोषाध्यक्षमा सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा  रविन कासुला रहेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App