६ पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

सानिमा बैंकबाट बिमा रकम भुक्तानी

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ।

बैंकको धनगढी शाखामा खाता खोलेका गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँ दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।

बैँकका सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार रूपैयाँसम्मको औषधी उपचार बिमा, १० हजार बराबरको ओपिडी सेवा र ५ हजारसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App