८ वैशाख २०८१ शनिबार
अर्थ

याक एन्ड यतीको पक्षमा अन्तरिम आदेश

सर्वोच्‍च अदालतले होटल याक एन्ड यती बन्द गर्ने सरकारी निर्णयविरुद्ध अल्पाकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

गत शुक्रबारदेखि रोक्का रहेको होटलको बैंक खाता सर्वोच्चको पछिल्लो आदेशसँगै फुकुवा भएको छ। सर्वोच्चले होटल व्यवस्थापन र पर्यटन मन्त्रालयलाई छलफलमा बोलाएको छ। होटल व्यवस्थापन पक्षले गैरकानुनी तवरबाट रोयल्टी संकलन गर्न खोजिएको भन्दै मुद्दा दायर गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नतिरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको थियो। होटलले क्यासिनोको स्वामित्व आफ्नो नरहेको जिकिर गर्दै आएको छ।  

होटलले २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति पाएको थियो। अनुमति पाए पनि होटल आफैंले क्यासिनो सञ्चालन गरेको थिएन। गिल्ट इन्भेस्टमेन्ट प्रालिले उक्त होटलमा रोयल क्यासिनो चलाएको होटलको दाबी छ। 

प्रकाशित: १० फाल्गुन २०७८ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App