coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन हप्ता नबित्दै निगमले फेरि बढायो इन्धनको मूल्य

यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेशन्स्‌ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ। डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ। साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ।

बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो। निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो। यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो।

प्रकाशित: ७ फाल्गुन २०७८ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App