८ वैशाख २०८१ शनिबार
अर्थ

झापाको १५ पालिकामध्ये सबैभन्दा बढी जनसङ्ख्या मेचीनगरमा

राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये को सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ।

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ। त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ। विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ। बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा ९८४,४२९०, बाह्रदशी ९३७,९१६०, भद्रपुर ९७०,८२३०, बुद्धशान्ति ९५२,९११०, गौरादह ९६०,५९८०, गौरीगञ्ज ९३६,०५८०, हल्दिबारी ९३३,०५४०, झापा ९३९,३७२०, कचनाकबल ९३९,३७२०, कमल ९५३,७१००, कनकाई ९५३,०८८० र शिवसताक्षी ९७३,४६०० रहेको छ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ।

प्रकाशित: १३ माघ २०७८ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App