८ वैशाख २०८१ शनिबार
अर्थ

महालक्ष्मी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका एक सय तीन शाखामार्फत सेवा प्राप्त गर्न सकिनेछ।

प्रकाशित: १३ माघ २०७८ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App