७ वैशाख २०८१ शुक्रबार
अर्थ

जोखिमकै बीच धेरै राजस्व संकलन

यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणकै समयमा ठूलो मात्रामा राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म यातायात कार्यालय नेपालगन्जले ३१ करोड ८९ लाख ३२ हजार दुई सय १९ रुपैयाँ राजस्व संकलन गरेको हो।

कोरोना भाइरस जोखिमकै बीच यति धेरै राजस्व संकलन हुनु उपलब्धि भएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पुरुषोत्तम पौडेलले जनाए। अन्य प्रशासनिक सेवा शुल्कमा चार हजार दुई सय, प्रशासनिक दण्ड, जरिवाना र जफतमा १५ हजार दुई, यात्रायात क्षेत्रको आम्दानी ७७ लाख, ९३ हजार आठ सय ९०, सवारी चालक सवारी दर्तामा सात करोड, ८८ लाख, ५७ हजार चार सय १६ र सवारी साधन करबाट २३ करोड २२ लाख ६१ हजार पाँच सय १३ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

गत वर्षभन्दा यही समयमा योभन्दा कम राजस्व संकलन भएको थियो। ‘कोरोना भाइरसका बेला पनि जोखिम मोल्दै काम गरियों,’ यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पौडेलले भने, ‘जोखिमका बीच काम गर्दा सफलता मिल्यो।’ सेवाग्राहीको ठूलो भिडभाड हुने क्षेत्र यातायातमा सीमित मात्रामा कर्मचारी हुँदा समस्या भएको भन्दै उनले भने, ‘सबै सेवाग्राहीको काम सकिँदैन। सरकारले अतिरिक्त सेवासुविधा दिएर कर्मचारी परिचालन गरे अझ बढी राजस्व संकलन गर्न सकिन्छ। जनताको काम पनि हुन्छ।’

लुम्बिनीमा रुपन्देहीको भैरहवापछि नेपालगन्जले बढी राजस्व संकलन गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०७८ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App