७ वैशाख २०८१ शुक्रबार
अर्थ

भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको मुख्य चुनौती: अर्थमन्त्री शर्मा

भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएका छन्। 

अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए। उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नु पर्ने अहिलको आवश्यकता भएको बताएका छन्। 

मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै बस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए। उनले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताए।

अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताए। उनले  राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नु पर्ने आवश्यकता भएको बताए। मन्त्री शर्माले भन्सारमा खुल्ला सिमाको सुरक्षा, सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताए। उनले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनु पर्ने बताए।

स्वदेशमा नै उत्पादन भएका बस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाई छ। उनले अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको बताए। भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी नभई एक अर्काका परिपुरक भएकाले दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झनझट रहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजिकरण गर्न सकिने औल्याए।

त्यस्तै अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मुल्यको आधारमा भन्सार मूल्याङकनको विषयमा नीजि क्षेत्रसँग छलफल गर्ने बताए। उनले अर्थमन्त्रालय निरन्तर नीजि क्षेत्रसँगको सहर्काय गरेर अगाडि बढ्ने गरेकाले नीजि क्षेत्रको जाहेजको सम्बोधन गर्ने पक्षमा सरकार रहेका स्पष्ट पारे। मन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकार सरकारात्मक रहेको बताए।  

यस्ता कच्चा पदार्थ र औजारको आयातले नेपालमा नै रोगजारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री शर्माको भनाई छ। उनले पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको बताए। मन्त्री शर्माले सरकार व्यवसाय र बैंक बीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागि परेको बताए।

प्रकाशित: १२ माघ २०७८ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App