८ वैशाख २०८१ शनिबार
अर्थ

लघुवित्तको चर्को ब्याजले उठिबास

लघुवित्तको चर्को ब्याजले भारत पलायन भएका पञ्चपुरी नगरपालिका –५ स्थित टाटी गाउँ। तस्विर: नागरिक

पश्चिम सुर्खेतमा टोल गाउँमा समुह बनाएर लगानी गर्ने लघुवित्त संस्थाहरुको चर्को ब्याजका कारण किसानहरुको उठिबास भएको छ। न्यून आयस्राेत भएका किसानहरुलाई चर्को ब्याजमा ऋण लगानी गरेर पैसा असुली हुन थालेपछि किसानहरुको उठिबास भएको हो।

न्यून आम्दानी गर्ने घरपरिवारका लागि आयआर्जनका लागि लिईने ऋणले केही दिन राहत महशुस भएपनि आम्दानी लिन नसकेपछि चर्को ब्याज तिर्नै हम्मेहम्मे पर्छ। अनि त्यस्ता घरपरिवारहरु लघुवित्त संस्थाहरुको ऋण तिर्न नसकेर पलायन हुने गरेको हुन्। पञ्चपुरी नगरपालिका५ का टाटी गाउँका ८ घरपरिवार यति ती लघुवित्त बैंकको ऋण तिर्न नसकेर भारत पलायन भएका हुन्।  

सुरुमा गरिवी उकास्ने भन्दै समूह बनाएर श्रोत विना नै जथाभावी संस्थाको कारोवार बढाउन लगानी गर्ने गरेको पीडीत विष्णा विकले बताईन्। ‘लद्युवित्त संस्थाले आर्यश्रोत नहेरी लगानी गर्छन्।’ पीडित विकले भनिन्, 'केही महिनापछि किस्ताले हैरान गर्छ। किस्ता बुझाउँदा चर्को ब्याजले हैरान हुन्छ अनि कमाउन विदेशिनुपर्ने बाध्यता छ।’ उनका अनुसार अहिले गाउँबाट ८ घरपरिवार किस्ता र ब्याज तिर्न नसक्दा कमाउन भारत पलायन हुनुपरेको छ। ऋण तिर्न नसकेर भारत पलयान भएका स्थानीयहरुको नाम गोप्य राखिएको छ। लघुवित्त संस्थाहरुले महिला समूह बनाएर सहुलियत दरमा नाममा ऋण लगानी गरेपनि चर्को ब्याज असुल्न थालेपछि किसानहरुको विचल्ली भएको हो। 

समूहका महिलाहरुलाई साहुँ त के ब्याज समेत तिर्न हम्मेहम्मे पर्ने गरेको छ। नगरपालिकाभित्र धेरै संख्यामा लघुवित्त संस्थाहरुले वडा र टोलमा समुह बनाएर काम गरिरहेकोले ऋण लगानी नगरि कर्मचारीको प्रगती नदेखिने भएकाले हचुवाको भरमा लगानी गर्नुले स्थानीयहरु डुवेको स्थानीय वीरबहादुर थापाले बताए।  

लघुवित्त संस्थाका कर्मचारीहरुले प्रगती देखाउन समुहमा लगानी बढाउने होडबाजीले पनि समस्या निम्त्याएको स्थानीयहरु बताउँछन्। ‘लगानीको जोखिम हुँदाहुँदै समूहमा प्रगती देखाउँन लगानी गरिन्छ।’ एक स्थानीय अगुवाले भने, लगानी एकातिर देखाउने खर्च अर्कोतिर गर्ने ब्याज र किस्ताले गाउँ छोडेर भाग्नुपर्ने अवस्था आएको हो।’ गाउँघरमा आर्थिक समस्या पर्दा सहजै समस्या टार्ने गरेका साना वित्तिय संस्थाहरुले पछिल्लो समय संस्थाको कारोवार बढाउने उद्देश्यले समूहमा लगानी गर्दा जोखिम बढेकाले ऋण लिने ब्यक्तिको आयस्तर अनुसार कारोवार गनुपर्ने पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ती रेग्मीले बताईन्।

प्रकाशित: १० माघ २०७८ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App