५ वैशाख २०८१ बुधबार
अर्थ

सार्वजनिक सवारी साधनमा सेनिटाइजर

फाइल तस्बिर

कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको बेला इटहरीमा रोकथाम तथा न्यूनीकरणका लागि सामाजिक संस्था बुल्स इलेभेनको अगुवाईमा सेनिटाइजर गर्न थालेको छ। सार्वजनिक सवारीका साधनमा कोचाकोच यात्रु राख्ने गरेको र कतिपयले मास्क समेत नलगाएको पाएपछि बुल्स एलेभेनको अगुवाईमा सेनिटाइजर गर्न थालिएको हो।  

सार्वजनिक सवारीमा सेनिटाइजर गर्नुका साथै मास्क वितरण सचेतना अभियान चलाएको छ। बुल्स एलेभेनको अगुवाईमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो।

कोरोनाको तेस्रो लहर फैलिरहेको तर्फ मध्यनजर गर्दै बुल्स इलेभेनको सक्रियतामा कोभिड रोकथाम नियन्त्रणका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि प्रचार वितरण गर्ने कार्य गर्दै आएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी निरीक्षक होमराज दाहालले बताए।

स्वास्थ्य सुरक्षाका लागि सतर्कता अप्नाउन सन्देश फैलाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याएको बुल्स इलेभेनका सचिव नविन कार्की बताए। ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिइसकेकाले गर्दा अझैपनि कतिपय सर्वसाधारण सचेत नभएकाले अभियान सञ्चालन गरिएको हो,’ कार्कीले भने।

उनले कोरोनाविरुद्ध सरकारी स्तरबाट प्रभावकारी तयारी नथालेकाले गर्दा त्यसमा पनि दबाब पुग्ने बताए। ‘समुदायस्तरमा ओमिक्रोन फैलिए पनि स्थानीय सरकारको चासोमा परेको छैन,’ उनले भने, ‘हाम्रो अभियानले स्थानीय सरकारलाई पनि दबाब पुग्नेछ।’  

ओमिक्रोन कोरोनाको पहिलो र दोस्रो लहरभन्दा कमजोर भएको भन्दै स्थानीय सरकारको चासो बढाएको छैन। तर, केही लक्षण मिल्ने बिरामीको परीक्षणमा ९० प्रतिशत पोजेटिभ देखिएको इटहरी अस्पतालका डाक्टर शिवकुमार झाले बताए। उनका अनुसार परीक्षणपछि बिरामी घरैमा आइसोलेसनमा बसेका छन्।

प्रकाशित: ९ माघ २०७८ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App