coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अल नेपाल डाईग्नोस्टिक सेन्टरको शुभारम्भ

अल नेपाल डाईग्नोस्टिक सेन्टर प्रा.लि.संस्थाका संस्थापक बरिष्ठ मेडिकल टेक्नोलोजिस्ट तथा माइक्रो बायोलोजिस्ट डा.जगत बहादुर खड्काद्वारा विधिवत शुभारम्भ गरेका छन्।

संस्थाको संस्थापक डा.खड्काले डाईग्नोस्टिक सेन्टर को मुख्य लक्ष्य सेवा ग्राहीहरुलाई सहि बिरामीको सहि स्याम्पलबाट सहि मुल्य र सहि समयमा गुणस्तरिय र विश्वसनीय रिपोर्ट प्रदान गर्नु रहेको जानकारी गराए।

साथै उक्त संस्थाको अध्क्ष तथा कार्यकारीअधिकृत रजत खड्काले पनि डाईग्नोस्टिक सेन्टरको मुल नारा सेवाको गुणस्तरियता र विश्वसनियता नै हाम्रो प्रतिवद्दता हो भनी जोड दिए। 

डाईग्नोस्टिक सेन्टरको शुभारम्भको दिन करिब ५४ जनाकाे निशुल्क ल्याब टेस्ट जस्तै, थाइराइड, मृगौला, मधुमेह, युरिकएसिड, कोलेस्ट्रोल, ट्राईग्लिसराइडर लिभर सम्बन्धि जाँच गरिएकाे थियाे।  

साथै उक्त संस्थाको इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट बिवेक श्रेष्ठले क्यान्सरका विरामी, मृगौला फेल भएका विरामी, दिर्घ मुटुरोगीका विरामीहरुलाई विशेष प्रकारका ल्याब टेस्ट बाहेकका साधारण टेस्टहरु पनि निःशुल्क प्रदान गरिने प्रतिवद्धता जाहेर गरे।

प्रकाशित: ९ माघ २०७८ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App