coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि विकास बैंक ५५औं वर्षमा प्रवेश

कृषि विकास बैंक लिमिटेड ५५औं वर्षमा प्रवेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडि सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैंकिङ व्यावसाय सञ्चालन गर्न निर्देशन दिएका छन्।  

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक पछिल्लो समय ‘क’वर्गको वाणिज्य बैंकको रूपमा सञ्चालन भए पनि कृषिलाई पहिलो प्राथामिकता दिएरै आफ्नो बैंकिङ व्यवसाय सञ्चालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रूपमा रहने गरी कृषि बन्ड जारी गर्ने अवसर प्रदान गरेअनुरूप कृषि बन्ड जारी गरिसकेको, किसानको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनमा वाणिज्य बैंकिङ लगायत कृषि र किसानको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन्।  

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले करिब १५ लाख निक्षेपग्राहीको १ खर्ब ५८ अर्ब निक्षेप संकलन, १ लाख ५६ हजार कर्जाग्राहीलाई करिब १ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेकामा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रस्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाइल बैंकिङ सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आइपिएस, अनलाइन बैंकिङ खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैंकिङ सेवा, फाइव इन वन सेवा, क्युआर टेलर सेवा, मोबाइल बैंकिङमार्फत युटिलिटी पेमेन्ट र करिब ३ लाखको हाराहारीमा रहेका सेयरधनीलाई २१ प्रतिशतसम्मको प्रतिफल उपलब्ध गराउन सफल भएको बताएका छन्।

प्रकाशित: ९ माघ २०७८ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App