८ वैशाख २०८१ शनिबार
अर्थ

एपोलो पेन्ट्सको सद्भावना दूतमा अभिनेता हमाल

एपोलो पेन्ट्सको सद्भावना दूत (ब्रान्ड एम्बेसडर)मा अभिनेता राजेश हमाल नियुक्त भएका छन्। कम्पनीले शुक्रबार कार्यक्रम आयोजना गरेर हमाललाई कम्पनीको ब्रान्ड एम्बेसडरमा दुई वर्षका लागि अनुबन्धित गरेको हो।

‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरी उपभोक्तामा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन महानायक हमाललाई ब्रान्ड एम्बेसडर अनुबन्धित गरिएको कम्पनीले जनाएको छ। विगत १८ वर्षदेखि स्वदेशी उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिँदै आएको कम्पनीले आधुनिक रंगहरूमार्फत घर रङ्गाउँदै आएको छ। सुरुका वर्षमा सिमेन्ट पेन्ट र इनामेलबाट सेवा दिँदै आएको कम्पनीले अन्तर्राष्ट्रिय प्रविधिमार्फत उच्च गुणस्तरको घामपानीले असर नगर्ने रंगहरू उत्पादन गर्दै आएको छ।

कम्पनीका निर्देशक नन्दलाल केसीका अनुसार विभिन्न किसिमका रंगहरूको बजारमा एपोलो पेन्ट्सले स्वदेशी श्रम र पुँजीको सदुपयोगबाट उत्पादित अन्तर्राष्ट्रिय मापदण्डका रंगहरूमार्फत लाखौंको सपना सजाउँदै आएको छ। हाल कम्पनीले नेपाली रंग बजारको १० प्रतिशत हिस्सा ओगट्दै आएको कम्पनीले जनाएको छ।  

उपभोक्ताको मागबमोजिम इनामेल, प्राइमर, सिमेन्ट पेन्ट्स, अन्तर्राष्ट्रिय गुणस्तरको उच्चकोटीका रड उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीप्रतिको उपभोक्ताको विश्वासले छोटो समयमै धेरै विश्वास लिनसमेत सफल भएको निर्देशक केसीको भनाइ छ।  

जसरी नेपाली सिने जगतमा राजेश हमाल उद्योगको एक खम्बाको रूपमा परिचित छन्, त्यसैगरी हमालसँगको सहकार्यले एपोलोप्रतिको विश्वासमा समेत बढावा हुँदै जाने र सम्बन्ध जस्तै बस्तुको समेत विश्वास बढ्दै जाने उनले बताए। यस सहकार्यले समाजमा एपोलो पेन्ट्सको गुणस्तरलाई चिनाउन थप सहयोग पुग्ने कम्पनीको विश्वास छ।  

नेपाल गुणस्तर चिन्ह (एनएस) तथा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) प्राप्त यस कम्पनीको उद्योग भरतपुर महानगरपालिका–९ चितवनमा रहेको छ। कम्पनीले २०६१ सालदेखि नेपाली बजारमा उच्चकोटीका रंग उत्पादन गर्दै आएको छ।

प्रकाशित: ९ माघ २०७८ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App