८ वैशाख २०८१ शनिबार
अर्थ

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

माघ २ देखि ६ गतेसम्म भर्चुअल माध्ययमबाट भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक व्यक्तिको सहभागिता रहेको बैंकले जनाएको छ।

कार्यक्रममा सहभागीले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारी प्राप्त गर्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरूको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ माघ २०७८ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App