७ वैशाख २०८१ शुक्रबार
अर्थ

ओली सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगि रहेको छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगि रहेको बताएका हुन्।

मन्त्री शर्माले भने, ‘आजको अर्थतन्त्र आज देखिने होइन। आज सरकारले गरेका काम भोलि देखिने हो। हामीले हिजो भएका काम आज देखिदै छ। हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं। सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन। साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ। अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए। उनले सरकारले निजी क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए। अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताए।

प्रकाशित: ५ माघ २०७८ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App