७ वैशाख २०८१ शुक्रबार
अर्थ

कृषि विकास बैंकको छुट

कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा डिजिटल प्रडक्ट तथा अन्य सेवामा छुट दिने भएको छ।

बैंकले माघ ७ देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सि–आस्बा, मेरो सेयर र लकर सेवा नलिएका साथै माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोली यी सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने समेत जनाएको छ। त्यस्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

प्रकाशित: ५ माघ २०७८ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App