coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आएन

इलामको सूर्योदय नगरपालिका–४, अन्तुमा रहेको चिया कारखानामा आगलागी भइरहेको छ। दिउँसो करिब ३ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रालिकै आइतबारेस्थित इलाम टी प्रोड्युसर्सका प्रबन्धक ओम काफ्लेले जानकारी दिए। उनका अनुसार कारखानामा कोही मानिस नभएका बेला आगो सल्किएको थियो। ‘अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन,’ काफ्लेले आइतबार साँझ साढे ६ बजे नागरिकसँग भने, ‘दमकलले आगो नियन्त्रण प्रयास गर्दैछन्, झापाबाट पनि दमकल आउँदैछ तर आगो नियन्त्रण भएको छैन।’

काफ्लेका अनुसार कारखानाको मेसिन, भवनलगायत सबै जलेको छ भने त्यहीं राखिएको करिब ८० हजार किलो तयारी चियासमेत नष्ट भएको छ। ‘अब जल्न बाँकी खासै केही छैन,’ उनले भने, ‘भएभरको सबै स्वाहा भइसकेको छ।’

२०५३ सालमा बनेको कारखानामा दैनिक १५ हजार किलो हरियो चियापत्ती प्रशोधन हुनेगरेको थियो। अशोक मुरारका सञ्चालक रहेको प्रालिका अन्तु र आइतबारेमा चिया कारखाना सञ्चालनमा थिए। ‘आगोले कति रुपैयाँको क्षति ग¥यो भन्ने अनुमान चाहिँ हुन सकेको छैन,’ उनले भने, ‘अब बाँकी चाहिँ केही रहेन।’

आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी सक्रिय छन्। अन्तुपोखरीको पानीसमेत लगेर आगो नियन्त्रण प्रयास गरिरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए।

प्रकाशित: २ माघ २०७८ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App