७ वैशाख २०८१ शुक्रबार
अर्थ

गुडविलको लाभांश पारित

गुडविल फाइनान्स लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले र कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि गरेको सो अवसरमा जानकारी दिइयो।

सभाले गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० पुस २०७८ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App