coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्धारित मूल्यसूची अनुसार बिक्रीवितरण गर्न निर्देशन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका मल र विउविजनहरुको अनुगमन गरियो। नगरको देकोचा, कमलबिनायक र च्याम्हासिंहमा गरी पाँंच वटा पसलहरुको अनुगमन गरेको नगरपालिकाले जनाएको छ।  

अनुगमनमा भुवनेश्वर कृषि सहकारी संस्थाको मल बिक्री कक्षमा अनुगमन गरी नगरपालिकाले निर्धारण गरेको मूल्य सूची अनुसार बिक्रीवितरण गर्ने सुझाव दियो।

सिद्धि कृषि सहकारी संस्थाको मल तथा विउविजन बिक्री कक्षमा अनुगमन गरी तराजु नापतौल विभागमा नवीकरण गर्नुपर्ने र नगरपालिकाले निर्धारण गरेको मूल्यसूची अनुसार बिक्रीवितरण गर्नेे सुझाव दियो।  

न्हुन्छेभक्त कुटुवाजूको रासायनिक मलखाद पसल नवीकरण नभएकोले नवीकरण गर्न, मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो।  

पासा कृषि सामग्री तथा विउविजन भण्डार नवीकरण गर्न, मूल्य सूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, ह्युमिक गोल्ड मलमा मिसावट गरेकोले साढे १२ केजी मल जफत गरी नगरपालिकामा सम्पर्क गर्न निर्देशन दियो।

मल महंगोमा बिक्रीवितरण नगर्न र म्याद नाघेको सामानहरु निम १५०० को ३ वटा, एग्रिनिम ३ वटा, आक्ट १५० पनि १ पाकेट, अल्गा ६०० पनि ४ पाकेट, विन चि विन – ९ वटा, डिफेन्स  ९ पाकेट, एग्रोमिक्स २ वटा, चुगंस्टोप १ पाकेट, कार्वन ५० १ पाकेट, अग्रीसिन १ पाकेट, डेभिस्टिन १ पाकेट, स्टिको गम १ वटा, सैजोक्स ७ वटा, नेमोकोल सिडस् ४ पाकेट, उर्जा मल १ पाकेट, मुरियम तान १ पाकेट जफत गरी नष्ट गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।  

त्यस्तै छुमा गणेश कृषि सेवामा तराजू नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो।  

अनुगमनमा भनपा सेनिटेसन उपशाखाका प्रमुख नगर निरीक्षक दिलिपकुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, भक्तपुर उद्योग वाणिज्य संघका राजु त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी कुमार श्रेष्ठको सहभागी थिए।

प्रकाशित: २७ पुस २०७८ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App