७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा क्याम्पसका एक सय ७० जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद र हित विद्युतीय भुक्तानी प्रणालीलाई  प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित बैंकको भोजपुर  शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयताको बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ पुस २०७८ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App