coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सयपत्री बचतको १५ औं साधारणसभा सम्पन्न

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारण सभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाइँले गरेका थिए। कार्यक्रममा उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए। उनले देशको समसामयिक विषयमा सहकारीकर्मीहरुले पनि जानकारी राख्नुपर्नेमा जोड दिँदै पार्टीले एमसिसीविरुद्ध संघर्ष गरिरहेको बताए।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले सहकारीको साधारणसभाको शुभकामना व्यक्त गर्दै सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताए।

साधारण सभामा सहकारीका अध्यक्ष हरिगोपाल बासुकला, उपाध्यक्ष एवं ऋण उपसमितिका संयोजक रविन बासुकला, सचिव चन्द्रबहादुर थुयाजू, कोषाध्यक्ष सुन्दरकाजी थुयाजूलगायतले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए।

१२ करोड ४५ लाख ऋण लगानीः सबैभन्दा बढी घरजग्गामा

यसैबीच सयपत्री बचत तथा ऋण सहकारी संस्थाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा १२ करोड बढी ऋण लगानी गरेको छ।

सहकारीको १५ औं वार्षिकोत्सवको अवसरमा सो जानकारी दिइएको हो। सहकारीले गत आर्थिक वर्ष २०७६/०७७ मा १० करोड ८३ लाख, ५८ हजार रुपैयाँ ऋण लगानी गरेको मा आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड ४५ लाख ४७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ।

सहकारीका अनुसार चालू आर्थिक वर्षमा प्रवाह गरेका ऋणमध्ये सबैभन्दा बढी आवास तथा घरजग्गा शिर्षकमा ऋण लगानी भएको छ। सहकारीले चालू आर्थिक वर्षमा ५ करोड ७६ लाख ७५ हजार लगानी गरेको छ। ग्त आर्थिक वर्षमा सोही शिर्षकमा ३ करोड ९५ लाख २२ हजार लगानी गरेको थियो।

सहकारीले चालू आर्थिक वर्षमा ४ करोड ६६ लाख ५ हजार व्यावसायिक ऋण, ३० लाख ५० हजार रुपैयाँ हायर पर्चेजमा, १ करोड ५७ लाख ७६ हजार रुपैयाँ कृषि तथा पशुपालनमा, १४ लाख ४० हजार वैदेशिक रोजगार शिर्षकमा ऋण लगानी गरेको छ।

संस्थाका कोषाध्यक्ष सुन्दरकाजी थुयाजुले आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ६१ लाख ८९ हजार रुपैयाँ वृद्धि भएको जानकारी दिए। सोही अवधिमा सहकारीले १ करोड ६१ लख ७३ हजार ८८५ रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ।

सहकारीले उक्त अवधिमा सहकारी सदस्यतामा पनि वृद्धि गरेको छ। संस्थाका सचिव चन्द्रबहादुर थुयाजुका अनुसार आर्थिक वषए ०७६/०७७ मा ७७५ जना सदस्य रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा ८२९ जना सदस्य पुगेका छन्।

प्रकाशित: १७ पुस २०७८ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App