नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन्।
बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल पुस १६ गते सकिँदै छ। नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
प्रकाशित: १४ पुस २०७८ ०३:३८ बुधबार