coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ह्वावेको ग्लोबल फ्ल्यागशि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागशिप कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम) नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समापन गरेको छ।

नेपालमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा विभिन्न सूचना र सञ्चार प्रविधि पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए।कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टलमा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूका लागि खुला थियो। प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित सूचना र सञ्चार प्रविधि प्रोफेसरहरू मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीलाई छनोट गरेको थियो र ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरूसँग ८ दिने अनलाइन तालिममा भाग लिए, टेक फर गुड प्रोजेक्टमा सहभागी भएका थिए।

घान्द्रुकमा ह्वावेद्वारा निर्मित फोर जि बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिएका थिए। ती विद्यार्थीहरूले टेक फर गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र  वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार डलरसम्मको पुरस्कार जित्न सक्नेछन्। सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो। त्यसयता १३० देश र क्षेत्रका ९ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।

प्रकाशित: ९ पुस २०७८ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App