coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला ९३ हजार ६००

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० तोकिएको छ। 

अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४००ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ५०० तोकिएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: ४ पुस २०७८ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App