coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खुकुरी रमले देशभर सांगीतिक अभियान चलाउने

खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान चलाउने भएको छ।

कम्पनी ‘सम्भवतः हालसम्मकै सबैभन्दा पृथक र बृहत्’ भनेको सांगीतिक अभियानमा आर्बिटरी ग्रुपको सहकार्य रहने छ। नयाँ कलाकारलाई प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ।

खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायत ठाउँ छनोट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको उक्त रमको उत्पादक द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले बताए।

संगीतका नयाँ कलाकारलाई देशभरका दर्शक–स्रोतामाझ परिचय गराउने र उनीहरूलाई उत्साहित गरी नेपाली गीतसंगीतको प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् कार्यक्रम गर्न लागिएको उनको भनाइ छ। देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। अभियान शुक्रबारबाट सुरु भएको छ। हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समय अघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ४ पुस २०७८ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App