coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

२३ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी

पोखरा सडक महोत्सव तयारीबारे जानकारी दिँदै आयोजक। तस्बिरः उमेश पुन÷नागरिक

पर्यटन क्षेत्रमा कहलिएको प्रवद्र्धनात्मक कार्यक्रम हो–पोखरा सडक महोत्सव। विगत २३ वर्षदेखि यो महोत्सव वर्षेनी हुँदै आएको छ। कोरोना भाइरस संक्रमणको अप्ठेरोका बाबजुत अघिल्लो वर्ष पनि यो महोत्सव भएको थियो। संक्रमण केही कमजोर भएकोले यो वर्ष पनि महोत्सवलाई निरन्तरता दिन पर्यटन क्षेत्र लागिपरेको छ।

अंग्रेजी नयाँ वर्षको स्वागत र पुरानो वर्ष बिदाईको फेरो पारेर वर्षेनी एकै समय र अवधिका लागि यो महोत्सव हुँदे आएकोमा कोरोना संक्रमणका कारण पोहोरदेखि यो महोत्सवमा पाँचबाट दिनदिनमा खुम्चिन थालेको छ। यो पटकको २३ औं संस्करण पनि तीनदिन मात्र हुने आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले जनाएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले २३ औं संस्करण पुस १५ देखि १७ गतेसम्म आयोजना गर्न थालेको जानकारि दिए।  

‘कोरोना संक्रमणले खुम्चिएको पर्यटन क्षेत्रलाई ब्यूँताउने माध्यम सडक महोत्सव बन्नेछ,’ अध्यक्ष बरालले भने, ‘अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल पोखरालाई बनाउन चाहेका हौ।’ विदेशी पाहुना आउन नपाएको अवस्थामा आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र थेग्नुपर्ने बाध्यतामा पर्यटन क्षेत्र रहेकोमा यस्ता महोत्सवले पाहुना तान्न सघाउने उनले बताए।  

आन्तरिक पर्यटकले निकै नै रुचाएको महोत्सव भएकोेले वार्षिक रुपमा हुने यो कार्यक्रममा पोखरा क्षेत्रका मात्र नभई राजधानी, चितवन, बुटवल, पाल्पा, वीरगञ्ज लगायतका सहरबाट पनि पाहुना आउने गर्छन। त्यत्ति मात्र नभई सिमावर्ती भारतीय सहरका पर्यटक पनि महोत्सवको छेको पारेर पोखरा घुम्न आउने गरेको महोत्सव संयोजक नरेश भट्टराईले बताए। ‘पर्यटन क्षेत्र जोगिने भनेको अब आन्तरिक पाहुनाकै भरमा परेर हो। आन्तरिक पाहुना भिœयाउन सक्ने हो भने हामी व्यवसायी पनि जोगिन्छौ,’ उनले भने।  

उनका अनुसार आन्तरिक पाहुनालाई यस अवधिमा केही सस्तोमा सेवा दिएर भएपनि व्यावसायीले व्यवसायलाई थेग्ने प्रयत्नमा छन्। ‘कुनै न कुनै रुपमा आन्तरिक पाहुनालाई पोखरा तान्ने निहुँ बनाउन जरुरी छ,’ भट्टराईले भने, ‘तत्कालै विदेशी पाहुना आउने सम्भावना नहुने भएकाले पनि आन्तरिकलाई आकर्षण गर्न केही न केही नयाँ कार्यक्रम गर्न जरुरी छ।’

पोखरा पर्यटन परिषद(पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीदिनसम्म महोत्सव गर्दा पर्यटन क्षेत्र चलायमान हुने बताए। ‘पर्यटन अब ‘अफसिजन’ होईन, ‘अलसिजन’ हो। कुनै न कुनै रुपमा पाहुनालाई पोखरा भिœयाएर बाहै्रमास चलायमान बनाउने प्रयासमा हामी छौ,’ परिषद् अध्यक्ष भट्टराईले भने।  

महोत्सव संयोजक भट्टराईका अनुसार ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजना गरिने महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेष्का गतिविधि पनि रहनेछन। खाना प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षण रहेको उनले बताए।  

प्रकाशित: २५ मंसिर २०७८ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App