८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उजुरीपछि छानबिन गर्दा उनको एक करोड ६४ लाख ८९ हजार ७०० बराबर सम्पत्तिको स्रोत फेला नपरेपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०४० फागुन ६ देखि २०७५ चैत ३० गतेसम्म सरकारी सेवामा रहँदा थपलियाले एक करोड ६५ लाख हाराहारी अवैध सम्पत्ति जोडेको अख्तियारको अनुसन्धानले देखाएको छ। सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानुनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

उनले अवैध सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको आयोगको भनाइ छ। आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनकी श्रीमतीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रकाशित: २४ मंसिर २०७८ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App