८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल वायु सेवा निगमलाई जसरी पनि माथि उठाउनुपर्छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरेका हुन्। आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए।

मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गरे। खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए।  मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

प्रकाशित: २० मंसिर २०७८ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App