coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल इन्भेस्टमेन्ट बैंकको सभा

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)को ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअल रूपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो। साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिबारे छलफल भएको छ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्ष्तामा सम्पन्न सभाले सञ्चालक समितिद्वारा प्रस्तावित १६ प्रतिशत कुल लाभांश पारित गरेको छ। जसमध्ये बैंकले १२.६११ प्रतिशत बोनस सेयर र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश छ।

गत वर्ष बैंकले ५.११ अर्ब रूपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको सो अवसरमा जानकारी दिइयो। आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रूपैयाँ र कुल चुक्ता पुँजी १८.३० अर्ब रूपैयाँ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक सय ६८ अर्ब रूपैयाँबाट वृद्धि भई एक सय ७९ अर्ब रूपैयाँ पुगेको छ।

यसैगरी, कुल लगानी अघिल्लो वर्षको एक सय ४० अर्बबाट वृद्धि भई एक सय ६२ अर्ब रूपैयाँ पुगेको बैंकले उल्लेख गरेको छ। हाल बैंकले ८८ शाखा, एक सय ३१ एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App