coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मंगलम पाइप्सको नयाँँ कारखाना तयार हुँदै

रूपन्देहीको रोहिणी गाउँपालिका–३, धकदई मंगलम पाइप्स एन्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ।

उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने निकै अघि सुरु भइसकेको विज्ञप्तिमा उल्लेख छ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको दाबी गरिएको उक्त कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरू उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी रहको पनि विज्ञप्तिमा दाबी गरिएको छ।

अत्याधुनिक र सुविधासम्पन्न औजार तथा उपकरण भएको यस कारखानामा उच्च गुणस्तरीय  जापानी कच्चा पदार्थबाट जर्मन प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरको सामग्री उत्पादन भइरहेको बताइएको छ। यो कारखानाको वार्षिक उत्पादन क्षमता १२ हजार मेट्रिक टन छ।

प्रकाशित: १७ मंसिर २०७८ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App