हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुर नगरपालिका–१ जमरापारीमा शाखा स्थापना गरेको छ। बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ।
टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ। बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूर पश्चिम प्रदेशको सातौं शाखा हो।
प्रकाशित: १५ मंसिर २०७८ ०३:११ बुधबार